६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारका सपना मात्रै ठूलाठूला, रेल किन्न पैसा छैन



अ+ अ-

काठमाडौँ । सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ अपुग हुने विभागका महानिर्देशक बलराम मिश्रले बताउँछन् ।

‘विनियोजित बजेटले एउटा रेल खरिद गर्न सकिन्छ । तर नियमित रेल सञ्चालन गर्न दुईवटा इन्जिन आवश्यक पर्छ, महानिर्देशक मिश्रले भने ।

उनले भने, ‘त्यसैले थप रकम माग गरेका छौँ । रकम उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालय सकारात्मक छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।