२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकापुर हत्याकाण्ड : लक्ष्मण थारु भन्छन्-‘आइ एम फ्रि फ्रम जेल’



अ+ अ-

काठमाडौँ । टिकापुर घटनाको मुख्य आरोपी मानिएका लक्ष्मण थारु बुधवार रिहा भएका छन् । कैलाली जिल्ला अदालतले उनी सहित छ जनालाई तीन वर्षको कैद फैसला सुनाएपछि रिहा भएका हुन् ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको बुधबार बसेको एकल इजलासले लक्ष्मण थारुसहित लाहुराम चौधरी,सन्तराम चौधरी,प्रेमबहादुर चौधरी, किशनलाल चौधरी,जीतबहादुर डगौरा र राजकुमार कठारी भने ३ वर्ष कैद सजाय सुनाएको थियो । तीन वर्ष कैद भुक्तान गरीसकेकोले उनी बुधवार नै रिहा भएका हुन् ।

अदालतबाट रिहा भएलगत्तै थारुले सामाजिक सञ्जाल फेसबुकमा रिहा भएपछिको तस्विर पोष्ट गरेका छन् । फोटोका क्याप्सनमा उनले लेखेका छन्, सबैलाई नमस्ते । ४२ महिनापछि आज जेलबाट मुक्त भएको छु । (आइ एम फ्रि फ्रोम जेल) घाटीमा खादा र माला लगाएका चौधरीले हात फिजाएर खुसी ब्यक्त गरेका छन् ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो। तर उक्त घटनामा हाल ३१ जना भने फरार रहेका छन् ।

घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यस्तै कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् ।

अदालतले रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठारी,सुन्दरलाल कठारी,राजेश चौधरी,बिरबहादुर चौधरी,प्रदिप चौधरी,सिताराम चैधरी,श्रवण चौधरी,वृज मोहन डगौला चौधरी र गंगाराम डगौला चौधरीलाई जन्मकैदको फैसला सुनाईएको छ ।