६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौरगङ्गाको ‘आमाकको थैली’



अ+ अ-




काठमाडौँः चित्रकार सौरगङ्गा दर्शनधारीलाई सानै छँदा आमाको थैलीमा भरोसा थियो । जब अमाले थैली खोल्नुहुन्थ्यो, छन्द्रङ–छन्द्रङ डबल बज्थ्यो । त्यसले उहाँलाई ‘हिङ नभए पनि हिङ बाँधेको टालो छ’ भनेझैँ सधैँ भरोसा जगाइदिन्थ्यो । 

“थैली देख्दा मेरो मन पनि ढुक्कै हुन्थ्यो, थैली रित्तै भए पनि बलियो विश्वास लाग्ने गरेको स्मरण सुनाउँदै उहाँले भन्नुभयो, “त्यो बालापनको संझनालाई चित्रमा उतारेको हूँ ।” 

सिद्धार्थ आर्ट ग्यालरी काठमाडौँमा प्रदर्शनमा राखिएको रङ्गीचङ्गी र आमाको थैलीमा उहाँकी आमा मनरमाले समेत अवलोकन गर्नुभयो । “धेरै चित्रमध्ये थैलीमा आमाको मन टक्क अडियो, लाग्छ उहाँले त्यही थैलीको सहारामा आफ्नो जीवन धानिएकोे सम्झनुभएको होला,” चित्रकार दर्शनधारीले भन्नुभयो, “कल्पनामा डुब्दैगर्दा आमालाई विगतको घटानाले सम्झाएको होला । ” 

अलिकठिन र महङ्गो पर्ने इचिङ विधिबाट उहाँले १२ वटा थैली चित्रमा उतार्नाका साथै काठ कँुदेरसमेत थैलीलाई दुरुस्त पार्नुभएको छ । अरु चित्रहरु कुची र रङ्ग लिएर बसेपछि तयार हुन्छ तर यसमा भने प्लेटमा कोरेर रसायनको साथमा रङ्ग भर्नुपर्छ । 

नेपालका पहाडी क्षेत्रमा सीमित व्यक्तिसँग बाहेक प्रायः थैली लोप भइसकेको छ । कार्ड घुसारेर एटीएमबाट खनखन्ती पैसा गन्न सकिने समयमा अहिलेका बालबालिकालाई थैली भनेको थाहा नहुन सक्छ । हाम्रा पुर्खाको आधार नै बनेको थैलीको अस्तित्व जोगाउनका लागि पनि चित्रकलामा यसलाई समेटिएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “पैसा पाउनका लागि पटकपटक आमाको पछिपछि लागेको र त्यो बालापनमा पनि थैलीसँग जोडिएको सम्बन्ध नटुटोस् भन्ने उद्देश्य चित्रकलाले समेटेको छ ।” 

‘कथाहरु’ शीर्षक दिएर आयोजना गरिएको प्रदर्शनीमा थैली र काष्ठकलाबाहेक दैनिक जीवनका अन्य चित्र पनि समावेश छ । ती चित्रमा जीवनका आरोहअवरोह र उकालीओराली समेटिएका छन् । मानिसले दैनिक भोग्दै आएको विषयलाई चित्रमा उतारेकोे जानकारी दिँदै चित्रकार दर्शनधारी भन्नुहुन्छ, “आज मेरो जीवनमा आइपरेको छ भने भने भोलि अरुको जीवमा पनि आइपर्न सक्छ तर हरेक मानिसको जीवनमा आउने मोडलाई चित्रमा समेट्न खोजेको छु ।” 

प्रकृति, वनजङ्ल र पशुपक्षी यी मानिसका लागि नभई नहुने हुन् । यिनको अत्तित्व फरकफरक होला तर सबै एकअर्कामा जेलिएका हुन्छन् । एउटा समाजमा मानिस, वन्यजन्तु, चराचुरुङ्गीलगायत सबै रहन्छन् । 

संयुक्त स्वरुप भएन भने त्यो समाज बन्न सक्तैन भन्ने भाव जगाएर उहाँले सामाजिक कथालाई चित्रमा उतार्नुुभएको हो । संस्कृति, सुन्दरता र खाद्यान्नलाई पनि एकअर्कासँग जोडेर पनि सामाजिक विषयलाई चित्रमा झल्काउन सकिन्छ । उहाँका हरेक चित्रले समाजका वस्तुस्थितिलाई समेटेको छ । यी समाजका यथार्थ विषय समेटिएको ३८ चित्रको सङ्गालो हो उहाँका ‘कथाहरु’ ।