३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास पड्किँदा एकै परिवारका ६ जना घाइते



अ+ अ-

भद्रपुर । झापामा ग्याँस सिलिन्डर पड्केर आगालागी हुँदा एकै परिवारका ६ जना जलेर घाइते भएका छन् ।

कचनकवल गाउँपालिका वडा नम्बर ५ मा सोमबार बेलुका ७ बजे ग्याँस पड्किदा २८ वर्षीया भारतीकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव, १९ वर्षीया चन्द्राकुमारी यादव, १८ वर्षीय रामप्रसाद यादव, ६ वर्षीया नियाकुमारी यादव र ५ वर्षीय आस्मक यादव घाइते भएका हुन् ।

घाइते सबैलाई ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा राखिएको छ । घाइते मध्य भारतीकुमारी यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको आई सि यूमा उनको उपचार हुँदैछ ।