३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० खसीसहित तीन भारतीय पक्राउ



अ+ अ-

काठमाडौँ । भारतबाट अवैधरूपमा नेपाल भित्र्याएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख मूल्य बराबरको ८० खसीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज–१६ जयसपुर बस्ने फहिम कुरेसी, जाकिर कुरेसी र रहिस कुरेसी रहेका छन् ।

“भारतबाट भन्सार छली अवैधरूपमा खसीको चोरी पैठारी गरेको सूचनाको आधारमा खटिएको टोलीले ट्रकमा लोड गरेको अवस्थामा खसी नियन्त्रणमा लिएको हो” वडा प्रहरी प्रमुख डाँगीले भने, “यति ठूलो मात्रामा खसी पक्राउ परेको यो पहिलो पटक हो ।”

खसीबोकासहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए ।