१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेडफोन लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि…



अ+ अ-

ताइवानको ताइचुङ्गमा राति ‘हेडफोन’ लगाएर सुतेका एक विद्यार्थी विहान उठ्दा एउटा कान नसुन्ने भएका छन् ।

डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उक्त विद्यार्थीको उपचार भइरहेको छ । उनको एउटा कानले काम गर्न छोडेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको एउटा कानको ‘हेडफोन’ निस्किएको कारण अर्को कान मात्रै बन्द भएको थियो ।

ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजीले सुत्ने समयमा हेडफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । जसले कानमा समस्या पैदा गराउँछ ।

रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएकाले कान र टाउको सम्म रगत विस्तारै रगत प्रवाह हुने भएकाले दिनमा भन्दा रातमा हेडफोनको प्रयोग खतरनाक हुन्छ ।

सन् २०१८ मा न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनले धेरै समय हेडफान प्रयोग गर्ने पाँचमध्ये एकको सुन्ने क्षमता कम भएको पत्ता लगाएको छ ।