१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँस्थित ओम अस्पतालमा निधन भएको थियो ।

विसं २००७ देखि काङ्ग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा रहनुभएका स्व श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्व श्रेष्ठको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उहाँले आफ्ना सन्ततिलाई सदैव आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहनुभएको बताउनुभएको छ ।