१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँस्थित ओम अस्पतालमा निधन भएको थियो ।

विसं २००७ देखि काङ्ग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा रहनुभएका स्व श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्व श्रेष्ठको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उहाँले आफ्ना सन्ततिलाई सदैव आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहनुभएको बताउनुभएको छ ।