१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा आक्रमण सातको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो ।

त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ सेनाको सवारी साधनलक्षित भएको विस्फोटमा परी तीन अफगान प्रहरीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता हरिफ नुरिमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यस शक्तिशाली विस्फोटमा परी सेनाको सवारी साधन पनि ध्वस्त भएको जनाइएको छ । शान्तीका दुश्मन तालिबान लडाकू समूहले नै यो आक्रमण गराएका सरकारी अधिकारीहरुको दाबी रहेको छ ।