३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीति एल्बम ‘नाचन नाचन’ सार्वजनिक



अ+ अ-

काठमाडौँ: विगत २५ वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर क्रियाशील गायक सुरजकुमार थापाको आधुनिक गीति एल्बम ‘नाचन नाचन’ सार्वजनिक भएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रममा सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र सङ्गीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरजकुमार थापा स्वयंमको रहेको जानकारी दिइयो ।

नेपाली लोक तथा आधुनिक बाध्य यन्त्रहरूको संयोजनमा तयार पारिएको सो गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक महर्जन र रेकर्डिङ शम्भुकुमार तण्डुकारले गर्नुभएको छ ।

विगत १५ वर्षदेखि चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ मा आबद्ध गायक थापा विगत १७ वर्षदेखि विभिन्न विद्यालयमा सङ्गीत शिक्षकको रुपमा कार्यरत रहनुभएको छ । 

‘पश्चिम कोही पूर्व घर’ (चर्चित राष्ट्रिय गीत), ‘यस पालि त जन्ते बाख्रो खान पाइने भो’, ‘गहिरो घाउ’, ‘भो माया लाउँदिन’ लगायत गीतमा स्वर दिइसक्नुभएका गायक थापाले हालसम्म ‘चिनारी’, ‘क्यानभास’ र ‘परिभाषा’ गरी तीनवटा एकल र थुप्रै कलेक्सन एल्बममा स्वर दिनुभएको छ । केही नेपाली चलचित्रमा उहाँको पाश्व स्वर रहेको छ ।