१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिटामिन ‘डी’ किन आवश्यक ?



अ+ अ-
This image has an empty alt attribute; its file name is Fruits-Is-it-a-better-option-to-eat-fruits-on-an-empty-stomach-cover-702x336.jpg


हाम्रो शरिरमा अत्यावश्यक भिटामिनमध्ये एक हो भिटामिन डी । भिटामिन डी दाँत र हड्डीका लागि एकदमै आवश्यक हुन्छ । जसले शररिमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाएर हड्डी बलियो बनाउनुका साथै रोगप्रतिरोधी क्षमतासमेत बढाउछ । मोटोपन, मधुमेह, मुटुरोग आदिबाट जोगिन पनि भिटामिन डीको उपयोग गर्न आवश्यक छ ।

कमी भएमा
भिटामिन डीको कमी हुदाँ हाम्रो शरिरमा विभिन्न समस्या देखिन्छन । थकाइ जइादा लाग्ने, जोर्नी दुख्ने, हड्डी कमजोर हुने र कतिपय अवस्थामा हड्डी कमजोर भएर चर्किनेसमेत हुन्छ । त्यस्तै, बालबालिकाको शारिरक बृद्दी विकासमा असर पर्ने हुन्छ ।
गर्भवती महिलामा भिटामिन डकिो कमी हुदा गर्भमा रहेको बच्चामा असर पर्छ । जन्मिने बच्चा अपांग हुने सम्भावना रहन्छ ।
भटिामिन डीको कमीले गर्धन दख्ने समस्या हुन्छ । साथे महिलामा भिटामिन डीको कमी भएमा रजस्वलापछि समस्या देखिने हुन्छ ।

समाधान
भिटामिन डीको प्रमुख स्रोत बिहानको घाम हो । विशेषगरी, सहरी क्षेत्रका मानिस व्यस्तता, प्रतिकुललगाएतका विभिन्न कारणले यसबाट वञ्चीत हुने गरेको पाइन्छ । यसले गर्दा भिटामिनको कमी हुने गरेको छ । त्यसैले यसबाट बच्न सकभर बिहानको घाम ताप्ने गरौँ ।
दुध, अन्डा, माछा, च्याउ आदि पनि भिटामिन डीका स्रोत हुन । त्यसेले यस्ता पोषणयुक्त खानेकुरा नियमित रुपमाा खानुपर्छ ।
समय समयमा भिटामिन डकिो जाचँ गर्न आवश्यक छ । कमी हुनुको कारण पत्ता लगाइ औषधी सेवन गर्न सकिन्छ ।