• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

कोइरालाको अभिव्यक्तिप्रति आपत्ति छ, पार्टीलाई भड्खालोमा हाल्ने काम नगरौं : थापा



काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बतापछि उनि कड्किएका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसनले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा नेता थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् । उनले पार्टीको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने तर खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत संग्रह गरौं भन्ने गरेको आरोप लगाए ।

पार्टी भित्र छलफल नगरीकनै जथाभावि बोल्दा पार्टी ठूलो भड्खालोमा जान्छ’ थापाले भने, ‘यो नगरौं । केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं ।’

कोइरालाले बुधबार होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक रहेको बताएका थिए त्यसलग्तै कोइरालाले भोलिपल्टै चितवनमा पुगेर बोली फेरेका थिए ।

केन्द्रीय सदस्य थापाले भने, ‘ऐतिहासिक संविधान बनेकोमा गौरब गर्छौं भनेर सुरु गर्ने । तल गएर केके लेख्यौं केके लेख्यौं भन्दा त अस्ती सभापतिले भनेको जस्तो हुन्छ, यो सम्झौताको विरोध गर्छु, पढ्न चाहिँ पढेको छैन । यसो नगरौं ।’

गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्र पार्टीमा आवश्यक रहेको उनले बताए । तर, सहमति विधानमा टेकेर मात्र खोज्नुपर्ने उनले बताए ।