६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटको आरोपमा वडा अध्यक्षका छोरा र भतिज पक्राउ, आफन्त र स्थानीयले गरे अवरोध



अ+ अ-

धनुषा । कुटपिट गरेको आरोपमा वडा अध्यक्षका छोरा र भतिज नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष शुभनारायण मण्डलका छोरा रोशन र भतिजा विक्की रहेका छन् । उनिहरुलाई पक्राउ गर्न जादाँ प्रहरीको टोलीलाई वडा अध्यक्ष मण्डलका आफन्त र स्थानीयले अवरोध गरेका थिए ।

उनीहरुविरुद्ध सोही वडाका जितनारायण र नगिना राउतलाई केहि दिन अगाडि कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले शनिबार साँझ वडा अध्यक्ष मण्डलको घर खानतलासी गरी दुवैलाई पक्राउ गरिएको हो ।