१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा उद्यमी महिला मेला हुने



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ । 

ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला फागुन २७, २८ र २९ गते सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसँगको सहकार्यमा मेला आयोजना हुनेछ । स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रवद्र्धन गरी महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको ललितपुर महानगरपालिका १६ नम्बर वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनु भयो । 

उहाँले हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने मेलाको अर्को उद्देश्य भएको बताउनु भयो ।

मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, लत्ता कपडा र सजावटका सामग्रीहरु गरी ५ वटा स्टल रहनेछन् । हस्तकला सामग्रीहरु सहुलियत दरमा बिक्री गर्ने स्टलहरु पनि मेलाा रहने आयोजकले जनाएको छ ।