३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट बाबुको मृत्यु, छोरा र आमा घाइते



अ+ अ-

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतयु हुनेमा सिन्धुली जिल्ला जुगेडी नगरपालिका ८ का मोटरसाइकल चालक ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब साढे ९ बजे नारायणगढतर्फ आइरहेको ना४ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र ८ वर्षीय छोरा लीलबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् ।

उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज ९सीएमएस० मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।




भर्खरै