काठमाडौँ । श्रीलंकाली टेस्ट क्रिकेटका कप्तान दिमुथ करुणारत्ने पक्राउ परेका छन् । करुणारत्ने मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा पक्राउ परेका हुन् ।
अहिले उनी जमानतमा रिहा भएका छन् । सोमबार उनलाई अदालत बोलाइने बताइएको छ । प्रहरीका अनुसार उनले गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो । घाइतेको अवस्था सामान्य रहेको छ ।
घाइतेको अवस्था आँकलन गरेर उनीमाथिको कारबाहीको निर्णय हुने छ । अदालतले दिएको निर्णयका आधारमा उनीमाथि अन्य व्यावसायिक कारबाही पनि हुन सक्ने क्रिकेट वेबसाइट क्रिकइन्फोले उल्लेख गरेको छ । श्रीलंकाली क्रिकेट बोर्डले पनि अदालतको फैसला कुर्ने जनाइएको छ ।