१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० लिग : १० खेलाडी सर्वाधिक रकममा बिक्रि



अ+ अ-

काठमाडौँ । एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सन सकिएको छ । आइतबार ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका छन् ।

उक्त अक्सनमा १० खेलाडी सर्वाधिक रकममा बिक्रि भएका छन् ।अक्सनमा सबैभन्दा धेरै ५ लाख ७० हजार रुपैयाँ काठमाडौँले खर्च गर्‍यो । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरे ।

भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डे साथै काठमाडौं सुपर च्याम्पियन्सले ममता चौधरी, सरिता मगर र रोमा थापालाई सर्वाधिक ७५ हजार रुपैयाँ खर्चेका हुन् ।

हरेक टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । जसमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना रहेका थिए ।

पहिलो श्रेणीमा रहेका खेलाडीको अधिकत मूल्य ७५ हजार रुपैयाँ रहेको थियो । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि अधिकतम ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार रुपैयाँ अधिकत रकम रहेको थियो ।

धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किने ।

भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौँले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५० ५० हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने मिति तय भएको छ । जसमा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।