१६ भाद्र २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० लिग : १० खेलाडी सर्वाधिक रकममा बिक्रि



अ+ अ-

काठमाडौँ । एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सन सकिएको छ । आइतबार ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका छन् ।

उक्त अक्सनमा १० खेलाडी सर्वाधिक रकममा बिक्रि भएका छन् ।अक्सनमा सबैभन्दा धेरै ५ लाख ७० हजार रुपैयाँ काठमाडौँले खर्च गर्‍यो । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरे ।

भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डे साथै काठमाडौं सुपर च्याम्पियन्सले ममता चौधरी, सरिता मगर र रोमा थापालाई सर्वाधिक ७५ हजार रुपैयाँ खर्चेका हुन् ।

हरेक टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । जसमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना रहेका थिए ।

पहिलो श्रेणीमा रहेका खेलाडीको अधिकत मूल्य ७५ हजार रुपैयाँ रहेको थियो । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि अधिकतम ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार रुपैयाँ अधिकत रकम रहेको थियो ।

धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किने ।

भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौँले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५० ५० हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने मिति तय भएको छ । जसमा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।