७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएसका पन्ध्र लडाकू मारिए



अ+ अ-

जलालाबाद । अफगानिस्तानमा पन्ध्र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी लडाकू मारिएका छन् । पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार आइएस समूहविरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा उनिहरु मारिएका हुन् ।

यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएका छन् । खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरु कैयौं घरहरु ध्वस्त भएको बताइएको छ ।

आइएस लडाकू लक्षित यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरुले दाबी गरेका छन् ।

आइएस लडाकू लक्षित आतङ्ककारी समूहले भने यस कारबाहीका बारेमा कुनै टिप्पणी गरेका छैनन् ।