१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँस काट्न गएकी महिलाको लडेर मृत्यु



अ+ अ-

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–१, तारेभीरस्थित भैंस भीरमा घाँस काट्न गएकी एक जना महिलाको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय १७ वर्षीय चिनिमाया तामाङ रहेकी छन् ।

दोलखाका प्रहरीको सूचना अधिकृत एवम् प्रहरी निरीक्षक प्रदिप महतका अनुसार तामाङ बिहीबार बिहान खाना खाएर खरको घाँस काट्न गएकी बेला करिब ११ बजे भीरबाट लडेर मृत्यु भएको हो ।