७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश : विप्लव समूहबाट असुरक्षित भएपछि प्रहरीको संख्या थपिदैं



अ+ अ-

जाजरकोट । विप्लव समूहले चौकीमा आक्रमण गर्नसक्ने भन्दै कर्णालीका तीन जिल्लामा प्रहरी संख्यामा बृद्धि र्ने भएको छ । कर्णालीका तीन जिल्लाका सुरक्षा प्रमुखहरूको चौरजहारीमा सम्पन्न बैठकले अब हरेक चौकीमा सातजना भन्दा बढी प्रहरी राख्‍ने निर्णय गरेको हो ।

रुकुम पश्चिमको चौरजहारीमा जाजरकोट, पश्चिम रुकुम र सल्यानका सुरक्षा प्रमुखहरुले बैठक बसेर नयाँ रणनीति अपनाउने निर्णय गरेका हुन्।

नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिहरू नियन्त्रण गर्ने सरकारी निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेगरी नयाँ रणनिति बनाइएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

विप्लव समूहका गतिविधिलाई नियन्त्रण गर्न रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा नेपाली सेना, शसस्त्र, प्रहरी, राष्ट्रिय अनुसन्धान र स्थानीय प्रशासनका प्रमुखहरूको संयुक्त बैठक बसेको हो।

जुनसुकै बेला पनि असुरक्षा हुन सक्ने भन्दै सुरक्षा निकायले उच्च सर्तकता अपनाएका हुन्।