२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश : विप्लव समूहबाट असुरक्षित भएपछि प्रहरीको संख्या थपिदैं



अ+ अ-

जाजरकोट । विप्लव समूहले चौकीमा आक्रमण गर्नसक्ने भन्दै कर्णालीका तीन जिल्लामा प्रहरी संख्यामा बृद्धि र्ने भएको छ । कर्णालीका तीन जिल्लाका सुरक्षा प्रमुखहरूको चौरजहारीमा सम्पन्न बैठकले अब हरेक चौकीमा सातजना भन्दा बढी प्रहरी राख्‍ने निर्णय गरेको हो ।

रुकुम पश्चिमको चौरजहारीमा जाजरकोट, पश्चिम रुकुम र सल्यानका सुरक्षा प्रमुखहरुले बैठक बसेर नयाँ रणनीति अपनाउने निर्णय गरेका हुन्।

नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिहरू नियन्त्रण गर्ने सरकारी निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेगरी नयाँ रणनिति बनाइएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

विप्लव समूहका गतिविधिलाई नियन्त्रण गर्न रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा नेपाली सेना, शसस्त्र, प्रहरी, राष्ट्रिय अनुसन्धान र स्थानीय प्रशासनका प्रमुखहरूको संयुक्त बैठक बसेको हो।

जुनसुकै बेला पनि असुरक्षा हुन सक्ने भन्दै सुरक्षा निकायले उच्च सर्तकता अपनाएका हुन्।