
काठमाडौँ । साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रबार विमोचन भएको छ ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पुस्तक विमोचन गरेका हुन् । उक्त विमोचन कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलसमेतको उपस्थिति रहेको थियो ।
आफै अप्ठेरो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उनले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए ।










