२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणमा सात अर्ब खर्च



अ+ अ-

हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा रु सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार भत्किएको निजी भवन र सामुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा रु सात अर्ब ४३ करोड खर्च भएको जनाएको छ ।

भूकम्पबाट भत्किएका निजी आवास पुनःनिर्माणतर्फ रु पाँच अर्ब पाँच करोड १३ लाख र सामुदायिक विद्यालय भवन निर्माणतर्फ रु दुई अर्ब ३८ करोड खर्च भएको पुनःनिर्माण प्राधिकरण मकवानपुरका प्रमुख सोमराज तिम्सिनाले जानकारी दिनुभयो ।

मकवानपुरमा पूर्ण रुपमा घर क्षति भएको ३३ हजार ९७४ लाभग्राही रहेका छन् । तीमध्ये ११ हजार घरपरिवारले सरकारबाट रकम लिएर पुनःनिर्माण गरेको प्राधिकरणले जनाएको छ ।