२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा बम फेला



अ+ अ-

धनुषा । धनुषाको विदेह नगरपालिका–७ मा रहेको नवटोलीमा बम फेला परेको छ । नवटोली बारीमा वेवारिसे अवस्थामा २ वटा बम भेटिएपछि स्थानीयले नष्ट गरेका छन् ।

भेटिएको बम स्थानीयले फालेर विस्फोट गराएका हुन् । बच्चाहरुले भेट्टाएर खेलाउँदा जनधनको क्षति हुने भन्दै त्यसलाई नष्ट गर्न स्थानीयले फालेर विस्फोट गरेको इलाका प्रहरी कार्यालय औरहीले बताएको छ ।

बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताए ।