७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निषेधको राजनीति गर्दैन, विप्लवसँग वार्ताको लागि ढोका खुल्ला छ : गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणको लागि सरकारले प्रतिबन्धको कुरा गरेको स्पष्ट पारेका छन् । उनले कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्ने बताए।

गुरुङले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे । उनले भने,‘सरकारले वार्ताको ढोका खुल्ला राखेको छ । मुलुकको स्वाधिनताको रक्षा र आत्मनिर्भर अर्थनीतिको लागि स्थिरता र स्थायित्व आवश्यक छ ।’ हिजोको र आजको अवस्थामा फरक रहेको सुनाउँदै उनले एकतावद्ध भएर अघि बढ्नुपर्ने सुझाए । उनले सरकारले निषेधको राजनीति नगर्ने पनि स्पष्ट पारे ।

मुलुकलाई अहिलेपनि आन्तरिक द्वन्द्वमा फसाउने तत्वहरु उद्धत रहेकोले त्यसतर्फ सचेत रहँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ । उनले भने,‘त्यसैले मुलुकलाई द्वन्द्वमा फसाउनेतर्फ होईन, यदि मतभेद छन् भने समझदारी कायम गरेर अघि बढ्नुपर्छ । संविधानअनुसार नै समस्याको हल गर्नुपर्छ ।’

सरकारको काम र दायित्व भनेको गैरकानूनी काम गर्न नदिनु र नियन्त्रण गर्नु भएकोले आफ्नो दायित्व पूरा गरेको गुरुङले स्पष्ट पारे । उनले भने,‘सरकारले पेलेर होईन, संविधानअनुसार नै आफ्नो कदम चाल्छ । त्यहीअनुसार जानुपर्छ ।’

मुलुकको राष्ट्रियता र स्वाधिनतामा आँच पुर्याउने काम कसैबाटपनि हुन नहुने उनको भनाई छ ।
आफ्नो एक साताको चीन भ्रमण फलदायी भएको पनि उनले जानकारी दिए । उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले बोलाएर हामी सद्भाव भ्रमणमा गएका थियौं । भ्रमण फलदायी रह्यो ।’