२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निषेधको राजनीति गर्दैन, विप्लवसँग वार्ताको लागि ढोका खुल्ला छ : गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणको लागि सरकारले प्रतिबन्धको कुरा गरेको स्पष्ट पारेका छन् । उनले कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्ने बताए।

गुरुङले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे । उनले भने,‘सरकारले वार्ताको ढोका खुल्ला राखेको छ । मुलुकको स्वाधिनताको रक्षा र आत्मनिर्भर अर्थनीतिको लागि स्थिरता र स्थायित्व आवश्यक छ ।’ हिजोको र आजको अवस्थामा फरक रहेको सुनाउँदै उनले एकतावद्ध भएर अघि बढ्नुपर्ने सुझाए । उनले सरकारले निषेधको राजनीति नगर्ने पनि स्पष्ट पारे ।

मुलुकलाई अहिलेपनि आन्तरिक द्वन्द्वमा फसाउने तत्वहरु उद्धत रहेकोले त्यसतर्फ सचेत रहँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ । उनले भने,‘त्यसैले मुलुकलाई द्वन्द्वमा फसाउनेतर्फ होईन, यदि मतभेद छन् भने समझदारी कायम गरेर अघि बढ्नुपर्छ । संविधानअनुसार नै समस्याको हल गर्नुपर्छ ।’

सरकारको काम र दायित्व भनेको गैरकानूनी काम गर्न नदिनु र नियन्त्रण गर्नु भएकोले आफ्नो दायित्व पूरा गरेको गुरुङले स्पष्ट पारे । उनले भने,‘सरकारले पेलेर होईन, संविधानअनुसार नै आफ्नो कदम चाल्छ । त्यहीअनुसार जानुपर्छ ।’

मुलुकको राष्ट्रियता र स्वाधिनतामा आँच पुर्याउने काम कसैबाटपनि हुन नहुने उनको भनाई छ ।
आफ्नो एक साताको चीन भ्रमण फलदायी भएको पनि उनले जानकारी दिए । उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले बोलाएर हामी सद्भाव भ्रमणमा गएका थियौं । भ्रमण फलदायी रह्यो ।’