७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत बन्न सिंहदरबार र बालुवाटार धाउनेको संख्या बढ्याे, प्रधानमन्त्रीका सल्लाहकार सामु बायोडाटाको चाङ



अ+ अ-

काठमाडौं । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ । सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि पछि बिस्तारै यो क्रम बढ्को हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको चाङ लागेको छ । बायोडाटा बुझाउनेमा अधिकांश पूर्वकर्मचारी छन् ।

दक्षिण कोरिया, स्पेन र बंगलादेशबाट सरकारले राजनीतिक ‘प्रतिशोध’ साँधेर राजदूत फिर्ता गरेको तीन महिना पुग्दै छ । ती देशमा अहिले उपसचिव र शाखा अधिकृत तहका कार्यवाहकले दूतावास चलाएका छन् । दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर राईलाई सरकारले कार्यकाल सकिनु एक महिनाअघि फर्काएर न्युयोर्कको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।

सरकारले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, दक्षिण अफ्रिका र बंगलादेशमा राजदूत नियुक्त गर्दै छ