२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : चेन्नई र पञ्जाब खेल्दै, ब्राभो दुई साता मैदानबाहिर रहने



अ+ अ-

काठमाडौँ ।चेन्नईका अलराउण्डर ड्वेन ब्राभो चोटका कारण दुई साता मैदानबाहिर रहने भएका छन् । मुम्बई इन्डियन्ससँग बुधबार भएको खेलमा ब्राभोलाई चोट लागेको थियो ।

ब्राभो खेल्न नसक्नेबारे चेन्नईका ब्याटिङ कोच माइकल हसीले आधिकारिक पुष्टि गरेका छन् । पत्रकार सम्मेलन गर्दै हसीले भने, ‘म यो कुराको पुष्टि गर्छु कि ब्राभो ह्यामस्ट्रिङको चोटका कारण दुई साता आईपीएल नखेल्ने भएका छन् । यो टिमका लागि ठूलो घाटा हो । सबैलाई थाहा छ कि उनले खेलाडीका रुपमा टिममा सन्तुलन कायम गर्छन् । उनी नहुँदा टिमलाई केही कठिन अवस्थामा त पुर्‍याएकै छ । तर मलाई पूरा भरोसा छ कि एकजुट भएर हामी एउटा बलियो टिमका रुपमा खेल्नेछौँ ।’

तीव्र गतिका बलर लुंगी एनगिडी चोटका कारण फर्किइसकेका छन् । त्यस्तै डेभिड विली व्यक्तिगत कारण देखाउँदै यो सिजन नखेल्ने बताएका छन् ।

आईपीएलको १८औँ खेलमा आज चेन्नई र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् ।