२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध सहित ७ जना पक्राउ



अ+ अ-

उदयपुर । उदयपुर र मोरङमा लागूऔषध सहित ७ जना युवा पक्राउ परेको छ । उदयपुरमा दुई जना र मोरङमा पाँच युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ६ का १२ बस्ने २३ वर्षिय विष्णु तामाङ र वडा नं. १ बस्ने १८ वर्षिय आषिस चौधरीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नोर्फिन १५ एम्पुल , डाईजोल्याप १७ एम्पुल र फेनारगन १६ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थापाले जानकारी दिए । उनिहरुलाई लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा स.६ प ९३५५ नम्बरको मोटर साइकल सहित पक्राउ गरिएको थियो ।

यस्तै ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका २ बाट २ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आऊँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा बेलवारी नगरपालिका ९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका ३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्लेको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको थियो ।

लागुऔषध सहित पक्राउ परेका ५ जनालाई नै ईलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।