७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाबमाथि चेन्नई हाबि, राहुल र सर्फराजको अर्धशतक गयो खेर



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत शनिबार राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले किङ्ग्स इलाभेन पञ्जाबमाथि २२ रनको जित हात पारेको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा मात्र ३ विकेट गुमाएर १६० रन बनायो । उसका लागि फाप डुप्लेसिसको ५४ रनको महत्वपूर्ण पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ३७ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको पञ्जाबको सुरुवात राम्रो हुन सकेन । क्रिस गेल मात्र ५ रनमा आउट भए, जतिबेला छिमको स्कोर ७ रन थियो । मयांक अग्रवाल शुन्यमै आउट भए ।

केएल राहुल र सर्फराज खानले तेस्रो विकेटका लागि ११० रनको साझेदारी गरे । राहुल ५५ रनमा आउट भए भने दुई बल बाँकी छँदा आउट भएका खानले ६७को योगदान दिए । तर, पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।