७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिडद्धारा इबर पराजित, करिम बेन्जिमा बने नायक



अ+ अ-

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ ।

शनिबार आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इबरलाई २–१ गोलअन्तरले पराजित गर्न सफल भएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यता, इबरका लागि भने मार्क कार्डोनाले गोल गरेका थिए ।

सुरुवाती अग्रता भने इबरले बनाएको थियो । खेलको ३९औं मिनेटमा नै कार्डोनाले गोल गर्दै इबरलाई अग्रता दिलाएका थिए । उनकै गोलले पहिलो हाफसम्म इबरले रियलमाथि १–० गोलको अग्रता बनाएको थियो ।

५९औं मिनेटमा रियलले गोल फर्काउन सफल भयो । करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ८१औं मिनेटमा उनले दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गराए ।

जितपछि रियलले ३१ खेलबाट ६० अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १३ अंकले पछि छ । यता पराजित इबरको भने ३१ खेलबाट ३९ अंक छ ।