
काठमाडौं । शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भईरहेको छ । धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि धेरै ठाउँमा घाम लाग्ने मौसमविद्को अनुमान छ ।
नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मौससमा बदली भएको जनाईएको छ । आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ ।
(आइतबार)
देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भु(भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।
(सोमबार)
देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।देशको पूर्वि भू(भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।
(मंगलबार)
देशका पूर्वी र मध्य भु(भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।










