२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका गोलीकाण्ड : एक जनाको मृत्यु, पाँच जना घाइते



अ+ अ-

वासिङ्टन । अमेरिकाको फिलाडेल्फिया सहरमा भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए । अपराह्न २६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएका छन् ।

उक्त घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । अर्को एक गोलीकाण्डमा एक जना २५ वर्षीय व्यक्तिमाथि गोली हानिएको र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।
यस्तै २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हानेका र गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ । उनको हात, पाखुरा र खुट्टामा गोली लागेको छ ।

यस वर्षका तीन महिनाभित्रै फिलाडेल्फियामा ८० जनाभन्दा बढीको हत्या भइसकेको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ११ प्रतिशत बढी हो ।