१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसम्पादन समितिमा भागवण्डा नमिल्दा सिटौला रुष्ट, देउवाको निमन्त्रणा अस्वीकार



अ+ अ-

काठमाडौं । कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

सभापति देउवाले सोमबार नेताहरुलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले अस्वीकार गरेका छन् ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट भएपछि उनि छलफलमा नआएको स्रोतले बताएको छ ।