२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० हजार घुस सहित नासु पक्राउ



अ+ अ-

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय राजबिराजमा कार्यरत नायब सुब्बा बासुदेव मण्डल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीबाट खटिएको टोलीले मण्डललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो।

सप्तरीको राजबिराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत मण्डलले मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरी परेको थियो।

मण्डललाई घुस रकमसहित उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानारी दिए।