
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताएका छन् ।
घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाएका छन् ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर काम गर्न बाधा पारेको बताए ।
उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भने , ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’
आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उनले प्राधिकरण नाफामा गएको नपचेको बताए ।









