२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खटाएको स्थानमा जान चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गरेका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सरकारले कर्मचारी समायोजन प्रतिबद्धता विपरीत गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेपछि दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।


सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपः कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधाप्रतिको विरुद्ध गोदान आबद्ध चिकित्सकहरु आन्दोलनमा छन् ।

एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरेपनि कार्यन्वयन नगरेको उनीहरुको भनाई छ ।