७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजोको शासकहरू भारतको गुलामीमा लागेका थिए, नेकपा पनि उतै लाग्ने भो: अध्यक्ष केसी



अ+ अ-

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजोको शासकहरू भारतको गुलामी मै लागेको भन्दै नेकपाहरू पनि उतै कै दबाबमा परेको आरोप लगाएका छन् ।

उनले दबाबमा परेर ल्याइएको नागरिकता विधेयक खारेज नगरिए देश सिक्किमीकरण हुने बताए ।

अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘देश फिजीकरण, सिक्किमीकरण हुनेवाला छ, मैलै तपाईंहरूलाई उत्तेजित बनाउन भनेको होइन ।’

उनले राष्ट्रपती बनाउन वंशज बनाउने खेल भएको आरोप पनि लगाएका छन् ।