२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : युनिभर्सल बोस गेल र वार्नरको आमनेसामने हुँदै



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सोमबार एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे आईएस विन्द्र स्टेडियममा किंग्स इलाभेन पञ्जाब र सनराईजर्स हैदराबाद आमने सामने हुने छन् ।

पञ्जाबको घरेलु मैदानमा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । हैदरावाद विजयी भएमा शीर्ष स्थानमा पुग्नेछ भने पञ्जाब विजयी भएमा दोस्रो स्थानमा पुग्नेछ ।

अहिले तेस्रो स्थानमा रहेको हैदराबादको पाँच खेलमध्ये तीन खेलमा जित र दुई खेलमा हारसहित ६ अंक छ । छैटौं स्थानमा रहेको पञ्जाबको पनि समान ६ अंक छ ।

यी दुई टिमबीच प्रतिस्पर्धामा क्रिकेटको युनिभर्सल बोस भनेर चिनिने क्रिस गेल र विश्वचर्चित खेलाडी डेभिड वार्नर आमनेसामने हुँदैछन् । दुबै खेलाडी उच्च लयमा रहेका छन् ।

पञ्जाबको तिब्र गतिका बलर चल्न सकेका छैनन् । हैदराबादको टिम पनि उच्च प्रर्दशनमा रहेको छैन् ।