
काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामलाई पराजित गरेको छ ।
चेल्सीले सोमबार राति आफ्नै घरेलु मैदानमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा इडन हजार्डले दुई गोल गरे ।
पहिलो हाफमा चेल्सीका लागि खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।खेलको ९० औं मिनेटमा हजार्डले नै चेल्सीले फेरी गोल गर्दै २–० को अग्रता बनाउन सफल भयो ।
पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ ।
यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।









