२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारसम्मै मेघगर्जनसहित वर्षा भइरहने, पूर्वी र मध्य तराईमा हुरीबतास : मौसमविद्



अ+ अ-

काठमाडौंं । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम बिहिबारसम्म नै जारी रहने छ । पूर्वी तथा मध्य तराईमा भने आँधीहुरी चल्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । यसअघि महाशाखाका मौसमविदले सोमबारबाट मौसममा क्रमिक सुधार आउने बताएका थिए ।

आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ । प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन, हल्का वर्षा, हावाहुरी चल्ने र चट्याङ पर्ने सामान्य गतिविधि रहेको मौसमविद्को भनाइ छ ।

काठमाडौं उपत्यकामा अझै केही घण्टा पानी पर्ने छ । तर दिउँसोपख पानी पर्न रोकिए पनि बदलीको अवस्था भने रहिरहने अनुमान छ ।

अहिले प्रिमनसुन सक्रिय छ । मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ । अघिल्लो वर्षसँग तुलना गर्दा यस वर्ष प्रिमनसुन असामान्य तरिकाले सक्रिय छ ।

भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।