६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्गको टुप्पो काट्दा दुई महिने शिशुको मृत्यु



अ+ अ-

महोत्तरी । जिल्लाको लोहारपट्टि नगरपालिका ५ मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा दुई महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेका छन् ।

इस्लाम धर्मअनुसार खतना (लिङ्गको टुप्पो बाहिरी छाला काटिएको) कारणले गर्दा अत्यधिक रक्तस्राव भएर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।