७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरणको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । अपहरणको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको नाम भने खुलाइएको छैन ।

झापाको दमक नगरपालिका–९ दुधे स्थायी घर भएका लिम्बुलाई सोमबार धनलाल श्रेष्ठको समुहले बा.९ च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर अपहरण गरेका थिए ।

अपहरण भएको खबर आउनासाथ जगाती वृत्तबाट खटिएको प्रहरी टोलीले अपहरण कार्यमा संलग्नहरुलाई भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट सन्तोष लिम्बुको उद्धार गरेको थियो । घट्नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।