३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्र हजार घुससहित यातायातका बिचौलिया पक्राउ



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाका बिचौलिया सराफ शेख पक्राउ परेका छन् । शेखलाई सेवाग्राहीसँग रू १७,००० घुसबापतको रकम लिसकेको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट गएको टोलीले सवारी चालक अनुमतिपत्र ३ चक्के अटो रिक्सा को लागि लिइने प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुस दिनु पर्छ भन्दै घुस मागेको आधारमा पक्राउ गरेको हो ।

शेखलाई बिर्तामोड नगरपालिका वडा नं.१ स्थित परिचय मार्गबाट नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।