सर्लाही । इँटा भट्टामा खनिएको खडलमा परेर दुई जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको हरिवन –४ कि स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुन रहेकि छिन् ।
उनिहरुको गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर मंगलबार भएको स्थिानियहरुले बताएका छन् ।
दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।