काठमाडौं । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।
सरकारी चिकित्सकहरु बिगत केही दिनदेखि समायोजनविरुद्ध अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
वीर प्रशासनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् ।
सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले शान्तिपूर्ण धर्नामा बसिरहेको बेला प्रहरीले धरपकड गरेको बताए । उनका अनुसार प्रहरीको बल प्रयोगबाट डा. सन्तोष राई सामान्य घाइते भएका छन् ।
सबै सरकारी डाक्टरहरु कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपः कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधाप्रतिको आन्दोलनमा छन् ।









