६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने एक युवक पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ रहेका छन् ।

तामाङलाई मंगलबार राति सवा ८ बजे बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।