२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा सामान्य सुधार



अ+ अ-

काठमाडौं । मङ्गलबार दोहोरो अंकले गिरावट आएको सेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता सेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको सेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५.४३ विन्दुले घटेको छ । त्यस्तै बैङ्किङ २।९६, होटल ०.२२, विकास बैंङ्क ३.१४, वित्त ३.१७, निर्जीवन बीमा २४.२३, उत्पादन ३.०८, अन्य ६.७३, लघुवित्त २.३६ र जीवनबीमा १२.५९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका सेयरधनीले ५.०७ प्रतिशतले कमाएका छन् । त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३.४७, रिलायन्स फाइनान्स ३.३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.१३ र पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले २.७५ प्रतिशतले कमाएका छन् ।

त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४.७०, सिन्धु विकास बैंक ३.७०, तारागाउँ रिजेन्सी होटल ३.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.०४ प्रतिशतले गुमाए ।