
नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवनमा केन्द्रीत रहेर बनाइएको फिल्म प्रदर्शनमा निर्वाचन आयोगले निर्वाचन सम्पन्न नहुँदासम्म रोक लगाएको छ ।
विपक्षीहरूले समेत निर्वाचन अाचारसंहिता विपरीतकाे उक्त फिल्ममा राेक लगाउन अायाेग समक्ष अाग्रह गरिअाएका थिए । आयोगले ‘पिएम नरेन्द्र मोदी’ नाम वायाेपिक फिल्म प्रदर्शनमा रोक लगाएको हो ।
लोकसभा निर्वाचनलाई मध्यनजर गरेर बनाइएको उक्त फिल्म बिहीबारदेखि प्रदर्शन गर्ने तयारी थियो । निर्वाचन सुरु भएपछि प्रदर्शन सुरु गरिन थालिएको सो फिल्मको प्रचारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भन्दै आयोगले रोक लगाएको हाे । पिएम मोदीसँगै एटीआर लक्ष्मी, उद्यमा सिंहम नाम फिल्महरु पनि रोक लगाएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन सुरु हुँदै गर्दा प्रदर्शन गरिने यस्ता फिल्मले कुनै पनि राजनेता वा राजनीतिक पार्टीको छविमा असर पर्न सक्ने भएकोले प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि काँग्रेस आइका एक कार्यकर्ताले पिएम नरेन्द्र मोदी फिल्म प्रदर्शनमा राेक लगाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटलाई अदालतले खारेज गरेको थियो ।
निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफै निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी निर्वाचन नसकिँदा सम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाएको छ ।
भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर लोकसभा निर्वाचन हुन लागेको छ । निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुन लागेको छ ।
प्रमुख प्रतिस्पर्धी काँग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो । निर्वाचनको स्वार्थ देखिएको भन्दै काँग्रेसले उठाएको विषयमा आम समर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई महसुस गरी प्रतिबन्ध लगाउने निर्णय गर्यो । भारतमा निर्वाचन आयोगको अनुमति बिना चुनावको केही हप्ताअघि राजनीतिक प्रचार गर्ने किसिमका सामग्रीको विज्ञापन गर्न निषेध गरिएको छ ।
प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायले खेल्नुभएको छ । चलचित्रमा मोदीले बाल्यकालमा रेलहरुमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रुपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ ।
त्यसैगरी उहाँ गुजरातको मुख्यमन्त्री भएको बेला अनुकरणीय काम गरेको, ठूलाठूला समस्याहरु समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको निर्माताहरुले जनाएका छन् ।
समग्रमा मोदीको सफलता देखाउने र उहाँप्रतिको आकर्षण बढाउने मनसाय चलचित्रमा समेटिएको छ ।
यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक हप्ता अघि नै अर्थात् अप्रिल ५ मा नै प्रदर्शन गर्ने भनिए पनि फेरि रोकिएको थियो । तर अहिले प्रदर्शनको तरखर भइरहेका बेला फेरि निर्वाचन आयोगले रोकिदिएको हो ।
एएनअाइ









