३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया छोरीलाई बलात्कार गरी फरार भएका बाबु पक्राउ



अ+ अ-

चितवन । आफ्नै १६ वर्षीया छोरीलाई बलात्कार गरी फरार भएर एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

पक्राउ पर्नेमा नुवाकोट घर भई हाल चितवन बसेका एक व्यक्ति रहेका छन् ।

पीडितले उजुरी गर्नुअघिनै फरार भएका ती बाबुले छोरीलाई ३÷४ महिनादेखि पटकपटक बलात्कार गर्दै आएको प्रहरीले बताएको छ । स्थानीयले घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेको र त्यस लगत्तै ती व्यक्ति फरार भएको बताइएको छ ।

४३ वर्षीय ती व्यक्तिको नामथर खुलाइएको छैन् । उनिविरुद्ध थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।