६ आश्विन २०८१, आईतवार
,
Latest
आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

लाहान । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका २० वर्षीय गोविन्द सदा रहेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानबाट सदाले छिमेकी ५० वर्षीय राम अवतार सदाको टाउकोमा चिर्पट प्रहार गरि घाइते पारेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

पक्राउ परेका सदालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । सदामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।