
काठमाडौं । सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।
केही दिनअघि बसेको मन्त्रिपरिषाद बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको बताए ।
अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।









