७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा नै विद्युतीय बस उत्पादन गर्ने हो भने कर छुट हुन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बस उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले यदि देशमै विद्युतीय बस उत्पादन भए करको विषयमा नमिलेका र अस्पष्ट रहेका केही विषय समाधान गर्न तत्पर रहेको पनि बताए ।

नेपालमा लगानीको वातावरण कति बनेको छ भन्ने लगानी सम्मेलनले नै पुष्टि गरेको भन्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको जिकिर गरे ।